काठमाडौं । इंग्लिस क्लब आर्सनलका स्टार खेलाडी एलेक्स सान्चेजले स्पेनमा रहँदा झण्डै १० लाख युरो कर छली गरेको स्वीकार गरेका छन् । चिलीका सान्चेजमाथि सन् २०१२ देखि २०१३ सम्म बार्सिलोनाबाट खेल्दा ९ लाख ८३ हजार युरो कर छली गरेको आरोप लागेको छ ।
यस विषयमा अदालतमा मुद्दा चलिरहेको छ । सान्चेजले आरोप स्वीकार गरेका हुन् । लण्डनबाट भिडियो सम्पर्कमा मार्फत स्पेनको क्याटलान अदालत समक्ष सान्चेजले स्पेनमा रहँदा दुई पटक कर छलीको प्रयास गरेको स्वीकार गरेका हुन् । सान्चेज दाबी गरिएको कर रकम तिरिसकेका छन् ।
गएको नोभेम्बरमा उनीमाथिको कर छलीको आरोपले चर्चा पाएको थियो । उनले आफ्नो तस्बिरको अधिकारबाट भएको कमाईको कर छली गरेका हुन् । उनले छलेको कर रकम तिरेपछि मुद्दा भने खेपी रहेका छन् ।
स्पेनिस कानुन अनुसार सान्चेजलाई जेल सजाय हुन सक्छ । तर त्यो जेल सजाय दुई वर्ष भन्दा कम हुने र स्पेनको कानुन अनुसार दुई वर्ष भन्दा कमको जेल सजायका लागि जेलमा बस्नु पर्दैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij