२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विश्वकप २०१८

विश्वकप फुटबल २०१८ को उपाधि फ्रान्सलाई, क्रोएसिया ४–२ ले पराजित

विश्वकप फुटबल २०१८ को उपाधि फ्रान्सलाई, क्रोएसिया ४–२ ले पराजित

 

एजेन्सी । विश्वकप फुटबलको २१ औ संस्करणको उपाधि फ्रान्सले जितेको छ । क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै फ्रान्सले उपाधि हात पारेको हो ।

पहिलो हाफमै २–१ को अग्रता लिएको फ्रान्सेले दोस्रो हाफमा थप २ गोल थप्यो ।

५९ औ मिनेटमा पाउल पोग्बा र ६५ औ मिनेटमा केलियन एम्बाप्पेले फ्रान्सकालागि गोल गरेका थिए ।

१८ औ मिनेटमा मारियो मान्डुज्कीको आतमघाति गोलमा फ्रान्सले खेलमा अग्रता लिएको थियो । इभान पेरिसिकले २९ औ मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । एन्टोनी ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई पुन अग्रता दिलाए । ३८ औ मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई पुन अग्रता दिलाए । डि बक्सभित्र क्रोएसियाले ह्यान्ड भएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । त्यसमा ग्रिजम्यान चुकेनन् ।

दोस्रो हाफमा डिबक्स बाहिरबाट पोग्वा र एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई जितको नजिक पु¥याएका थिए । मारियो मान्डुज्कीले गोल अन्तिममा एक गोल फर्काएका थिए ।
विश्वकपको उपाधि फ्रान्सले दोस्रो पटक जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij