२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मलेसियामा श्रम सम्झाैताकाे तयारीकाे निम्ति मलेसियाली टाेली नेपाल अाउने

मलेसियामा श्रम सम्झाैताकाे तयारीकाे निम्ति मलेसियाली टाेली नेपाल अाउने

मलेसियामा रहेका नेपाली श्रमिकहरुकf दुःखका कथा सुनेपछि अन्तर्राष्ट्रिय श्रम सम्वन्ध समितिका सभापति प्रभु साहले भने अाफुहरूले ती समस्यालार्इ गम्भीरतापूर्वक लिएकाे बताएका  छन् । यसअघि २०७१ साल चैत ६ गते दूतावासले गरेको अन्तरक्रियामा पनि उनले ती समस्याहरूलार्इ गम्भीरतापूर्वक लिएको बताएका थिए । उनकाे त्याे गम्भिरताकाे वाचा पूरा नहुँदै अाफ्नाे वाचा दाेहाेर्याएका कारण नेपाली श्रमिकहरुले २०७३ साल माघ २ आइतबार पनि सोही कुरा सुन्न बाध्य भएका छन् तर वाचा पूरा हुने अाशा भने श्रमिहरहरूमा क्षिण देखिएकाे छ ।

आइतबार नेपाली दूतावास मलेसियाले आयोजना गरेको अन्तरक्रियामा साहले भने- सबै मिलेर नेपाली श्रम बजारलाई ब्यवस्थित र मर्यादित बनाउनु पर्छ ।’ श्रमिकहरुले कमाएको रेमिट्यान्सले देश चलिरहेको उल्लेख गर्दै उनले श्रमिकहरुलाई सम्मान गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘दूतावासको सेवा प्रवाह कस्तो छ भनेर बुझ्न आएको हुँ । बाहिरबाट डिमाण्ड गएकाहरुकोबारेमा दूतावासमा त्यति धेरै जानकारी नहोला तर दूतावासबाटै प्रमाणिकरण भएकाहरुमा कुनै पनि हालतमा गडबडि हुन हुँदैन । डिमाण्ड स्विकृत गर्नु अगाडि ध्यान दिनु जरुरी छ ।’

कार्यक्रममा मलेसियाकालागि नेपाली राजदूत डा.निरन्जनमान सिं बस्न्यातले मलेसिया र नेपालबीच श्रम सम्झौताको चरणमा प्रवेश गरिरहेको र मलेसियाको एक टोली केहि दिनमा नेपाल जाने जानकारी दिए । माओवादी नेता तथा  सांसद समेत रहेका साहले भने, ‘श्रम सम्झौता भयो भने धेरै कुरामा सुधार गर्न सकिन्छ ।’

आफूले श्रमिकहरुको हितलाई ध्यान दिएर काम गरिरहेको उल्लेख गर्दै उनले मुहानमा गडबडि भैरहेकाले मुहानमा नै रोक्नु पर्नेमा जोड दिए । ‘फ्री भिसा फ्री टिकट भनिए पनि म्यानपावर र दलालहरुले मोटो रकम लिइरहेका छन् त्यसलाई सबैले रोक्नुपर्छ,’ साहले भने ।कार्यक्रममा मलेसियामा रहेका विभिन्न क्षेत्रका प्रतिनिधि र नेपाली श्रमिकहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij