काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेका एक नेपालीको हत्या भएको छ । द सन डेलीका अनुसार राधेश्याम पाण्डेलाई लोरोङ १ पाडाङ नागासरीको स्थानीय खेल मैदानमा मृत अवस्थामा भेटिएको हो । घाँटी रेटिएको र पेटमा छुरा घोपेको अवस्थामा उनको शव भेटिएको हो ।
मृतक पाण्डे बुकित टेन्घास्थित एक फ्याक्ट्रीमा काम गर्थे । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij