
एजेन्सी । विश्वकप फुटलबलको क्वाटरफाइनलमा फ्रान्स र उरुग्वेबीचको खेल सुरु भएको छ । रसियाको निज्हनी नोभ्गोरोड रंगशालामा सुरु भएको खेलमा दुबै टिम जित हात पार्दै सेमिफाइनलमा प्रवेश गर्ने दाउँमा छन् ।
उरुग्वे २ पटकको विश्वकप विजेता हो भने फ्रान्स एक पटकको विश्वकप विजेता हो । उरुग्वेले सन् १९३० र १९५० को विश्वकपको उपाधि उचालेको थियो । यता, फ्रान्सले भने सन् १९९८ को विश्वकप जितेको थियो ।
फ्रान्सले विश्वकपको प्रिक्वाटरफाइनलमा अर्जेन्टिनालाई ४–३ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । फ्रान्सले समूह चरणको खेलमा भने अष्ट्रेलियालाई २–१ ले, पेरुलाई १–० गोलअन्तरले पराजित गरेको थियो भने समूह चरणको अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो ।
यता, उरुग्वेले भने प्रिक्वाटरफाइनलमा पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको थियो । समूह चरणको सबै खेलमा उरुग्वेले जित हात पारेको थियो । आफ्नो पहिलो खेलमा उरुग्वेले इजिप्टलाई १–० ले, दोस्रो खेलमा साउदी अरबलाई पनि १–० गोलअन्तरले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा भने उरुग्वेल आयोजक रसियालाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij