
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि छुट्याइएको बजेटमाथि छलफल भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ।
राष्ट्रिय सभामा जारी मन्त्रालयगत शीर्षकको बजेटमाथिको छलफलमा प्रधानमन्त्री र रक्षामन्त्री उपस्थित नभएपछि राष्ट्रिय सभा सदस्यले नियमापत्ती जनाएका थिए।
अन्य मन्त्रालयका मन्त्रीहरु भने छलफलमा सहभागी छन्।
अहिले १५ मिनेटका लागि बैठक स्थगित भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij