
काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै नेपाली कांग्रेसले शुक्रबार प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेको छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसले डा. केसीको जीवन रक्षा गर्न माग गर्दैै बुधबारै दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखिए पछि संसद अवरोध गरिएको थियो ।
सभामुखले समय दिएपछि प्रमुख सचेतक बालकृष्ण खाँडले डा. केसीको स्वास्थ्य विग्रिएका कारण तत्काल छलफल गर्नुपर्ने बताएका थिए । मन्त्रीसँग परामर्श गरेर छलफलको दिन तोकिने आश्वासनसहित सभामुख कृष्णबहादुर महराले कांग्रेसको सहयोग मागेका थिए । तर, कांग्रेस सांसदले त्यसको उठेर विरोध गरेपछि सदन रोकियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij