२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

चीनले दियो ट्रम्पलाई कडा चेतावनी : हामी आगो हौं, आगोसँग नजिस्क

चीनले दियो ट्रम्पलाई कडा चेतावनी : हामी आगो हौं, आगोसँग नजिस्क

एजेन्सी । चीनको एक सरकारी पत्रिकाले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको कडा आलोचना गर्दै आगोसँग खेल्न खोजिरहेको बताएको छ । एक चीन नीतिमाथि पटक पटक प्रश्न उठाउँदै आएका उनले शुक्रबार दिएको एक अन्तर्वार्ताका क्रममा एक चीन नीतिका बारेमा कुराकानी हुनुपर्ने बताएपछि चीन ट्रम्पसँग रुष्ट बनेको हो ।

अमेरिकाले सन् १९७९ मा एक चीन नीतिलाई स्वीकार गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध भंग गरेको थियो । चीनले ताइवानलाई अलग प्रान्तका रुपमा मान्दै आएको छ । शुक्रबार वालस्ट्रिट जर्नललाई दिएको अन्तर्वार्ताका क्रममा उनले चीनसँग एक चीन नीतिसहित सबै कुरामा छलफल गर्न तयार रहेको बताएका थिए ।

चाइना डेलीले सोमबार कडा सम्पादकीय लेख्दै ट्रम्पले ताइवानको मुद्दामा आगोसँग खेलिरहेको चेतावनी दिएको हो । यसअघि नै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु कांगले एक चीन नीति बहसको विषय नभएको भन्दै ट्रम्पलाई चेतावनी दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij