
काठमाडौं । गंगामाया बचाउ, डा. गोविन्द केसीका माग पूरा गर र माइतीघरमा लगाइएको निषेधाज्ञा फिर्ताको माग गर्दै प्रदर्शन गर्न पुगेका मानवअधिकारवादीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
केहीबेर अघि उनीहरुलाई माइतीघरबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा इन्द्रप्रसाद अर्याल, चरण प्रसाईँ, महामुनिश्वर आचार्य, लोकराज अवस्थी, विश्व छवाल, जयराम दाहाल, सागर अधिकारी, मनोज अधिकारी, डा. सुरेन्द्र भण्डारी, डा. उद्धव प्याकुरेल,मोहन ज्ञवाली र लोकेन्द्र पोखरेल रहेको प्रितम सुवेदीले जानकारी दिए ।
पक्राउ परेका सबै जनालाई अनामनगर प्रहरी वृत्तमा राखिएको छ ।
सरकारले आन्दोलनका लागि स्थान तोकिदिएपछि त्यसको तीव्र विरोध भइरहेको छ भने चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी ६ दिनदेखि जुम्लामा अनसनमा छन् । उता गंगामाया अधिकारी छोरोका हत्यारालाई कारवाहीको माग गर्दै वीर अस्पतालमै आमरण अनसनमा छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij