
एजेन्सी । स्विडेन रुसमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रि क्वार्टरफाईनलमा स्विजरल्याण्डलाई १ – ० गोल अन्तरले पराजित गर्दै स्विडेन क्वाटरफाइनलमा पुगेको हो ।
सेन्ट पिटर्सबर्ग स्टेडियममा स्विडेनले दोस्रो हाफमा गोल गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । खेलको ६६ औं मिनेटमा इमील फोर्सवर्गको गोलबाट स्विडेनले जित निकालेको हो । उनको कडा प्रहार स्विस डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij