
एजेन्सी । विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा स्वीट्जरल्यान्डविरुद्ध स्वीडेनले अग्रता बनाएको छ । स्वीडेनका लागि इमिल फोर्सबर्गले गोल गर्दै स्वीट्जरल्यान्डविरुद्ध १–० गोलको अग्रता दिलाएका हुन् ।
खेलको ६६औं मिनेटमा स्वीडेनका फोर्सबर्गले गोल गर्न सफल भए । उनकै उत्कृष्ट गोलमा स्वीडेनले स्वीट्जरल्यान्डविरुद्ध १–० गोलको अग्रता बनाएको हो ।
यसअघि पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । पहिलो हाफमा बल नियन्त्रणमा राखेपनि स्वीट्जरल्यान्डले गोल गर्न भने सकेन । स्वीट्जरल्यान्डले एकपछि अर्को गोल गर्ने अवसर खेर फालेको थियो ।
यता, स्वीडेनले पनि गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन । रसियाको सेन्ट पिटर्सबर्ग रंगशालामा जारी खेलमा दुबै टिम जितको खोजिमा छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij