
एजेन्सी । विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा स्वीट्जरल्यान्ड र स्वीडेनबीचको खेल सुरु भएको छ । दुबै टिम जित हात पार्दै विश्वकपको क्वाटरफाइनलमा पुग्ने दाउँमा रहेका छन् ।
स्वीडेन र स्वीट्जरल्यान्डबीचको खेल रसियाको सेन्ट पिटर्सबर्ग रंगशालामा सुरु भएको हो । समूह इ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको स्वीट्जरल्यान्ड स्वीडेनलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउने लक्ष्यमा रहेको छ ।
स्वीट्जरल्यान्डले समूह चरणको पहिलो खेलमा ब्राजिलसँग १–१ गोलको बराबरी खेलेको थियो । त्यस्तै, दोस्रो खेलमा सर्बियालाई २–१ गोलअन्तरले पराजित गरेको थियो भने समूह चरणको अन्तिम खेलमा कोष्टारिकासँग २–२ गोलको बराबरी खेलेको थियो ।
यता, स्वीडेन भने समूह एच को विजेता टिम हो । स्वीडेनले आफ्नो पहिलो खेलमा दक्षिण कोरियालाई १–० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा जर्मनीसँग २–१ गोलअन्तरले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा भने मेक्सिकोलाई ३–० गोलअन्तरले पराजित गर्दै स्वीडेन समूह विजेता बनेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij