२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सडक दुर्घटनामा परी ६ भारतीयको मृत्यु

सडक दुर्घटनामा परी ६ भारतीयको मृत्यु

बिराटनगर । भारतको सुपोलबाट नेपाल घुम्न आएका ६ जना भारतीय नागरिकको सडक दुर्घटनामा परी निधन भएको छ ।

धनकुटाको भेडेटार घुमेर भारत फर्कने क्रममा गएराति सुनसरीको कोशी गाउपालिका ४ कोशी कटानमा दुर्घटना हुदा उनीहरुको मृत्यु भएको १ नम्वर संघीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले जानकारी दिनु भयो ।

सो भारतीय गाडीमा सवार १० मध्ये ५ जनाको घटनास्थलमा र १ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बि आर ०६ पी बी ६४१८ नंको स्कारपिओ जिप आफैँ अनियन्त्रित हँदा छजनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij