२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पश्चिम राप्ती, बबई, कर्णाली र नारायणीमा बाढीको जोखिम : सतर्क रहन आग्रह

पश्चिम राप्ती, बबई, कर्णाली र नारायणीमा बाढीको जोखिम : सतर्क रहन आग्रह

काठमाडौं । बबई नदी र पश्चिम राप्तीमा बाढीको जोखिम बढेको छ । बाढीसँगै त्यस क्षेत्रमा पहिरोको समेत खतरा बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाढी पहिरोको जोखिम बढेसँगै विभागले त्यस आसपासका बासिन्दालाई सतर्कता अपनाउन मोबाइलमा म्यासेज पठाइएको महानिर्देशक डाक्टर ऋषिराम शर्माले जानकारी दिनुभयो ।

बबई र राप्ती नदीमा पानीको बहाव बढ्दै गएको छ । खतराको संकेत थपिदै गएको र त्यही अनुसार सूचना प्रवाह गरिरहेको उहाँले बताउनुभयो । बाढी तथा पहिरोको जोखिमबारे थाहा पाउन मोबाइलबाट ११५५ मा एसएमएस गर्न सकिनेछ । बबई नदीमा बाढी आए बर्दिया, सुर्खेतका केही भाग डुबानमा पर्ने सम्भावना हुन्छ ।

यस्तै पश्चिम राप्तीको बाढीले बाँके, दाङमा जोखिम बढ्छ । यसअघि पनि यी दुई नदीमा आएको बाढीले क्षति पु¥याउने गरेको थियो । पानी पर्ने क्रम नरोकिएकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

कुन नदीको अवस्था के छ थाहा पाउन यहाँ हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij