
एजेन्सी । पूर्व विश्व च्याम्पियन स्पेन र आयोजक रुसबीच विश्वकपको प्रि–क्वाटरफाइनल खेल पेनाल्टीमा गएको छ। निर्धारित ९० तथा थप गरिएको ३० मिनेटको खेल पनि बराबरीमा टुँगिएपछि यस पल्टको विश्वकपको पहिलो खेल पेनाल्टीमा गएको हो।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा टुँगिएको थियो। निर्धारित ९० मिनेटमा दुवै गोल रुसी खेलाडीबाटै भएको थियो। १२ मिनेटमा इग्नाभेसिचले आत्मघाती गोल गरेपछि स्पेनले सुरुवातमै अग्रता लिएको थियो। असेन्सियोको फ्रिकिकमा आत्मघाती गोल भएको थियो। तर, ४१ मिनेटमा डेजुबाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए। डिबक्स भित्र पिकेले हातले बललाई छोएपछि रेफ्रिले रुसलाई पेनाल्टीको अवसर प्रदान गरेका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij