कसैलाई काखा र कसैलाई पाखा गरेर राष्ट्र निर्माणको यात्रा सुचारु गतिमा अघि बढ्न सक्दैन । त्यसैले, समृद्धिको हाम्रो सपना पूरा गर्न हामी नयाँ फराकिलो दृष्टिकोण, सोच र शैलीका साथ अग्रसर हुनु आवश्यक छ । नयाँ परिस्थितिमा नवीन राष्ट्रिय कार्यभार पूरा गर्न नूतन नेतृत्व उदय हुन सकेको भए राम्रै हुने थियो तर त्यसो हुन सकेन
संघीय समाजवादी फोरम पनि सहभागी भएपछि कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले दुई तिहाइभन्दा बढी सांसदको समर्थन हासिल गर्न सफल भएको छ र इतिहासकै सर्वाधिक शक्तिशाली बन्न पुगेको छ । यो सरकार समृद्ध नेपाल, सुखी नेपालीको नारासहित क्रियाशील छ । संसद् झन्डै प्रतिपक्षीविहीन अवस्थामा छ भने पनि हुन्छ । प्रतिपक्ष सरकारलाई धक्का दिन सक्ने हैसियतमा छैन । त्यसैले, वर्तमान सरकार निश्चिन्त भएर आफ्नो सोच कार्यान्वयनमा ल्याउन सक्ने अवस्थामा छ । परन्तु, सबैतिरबाट यस्तो अनुकूल अवस्थामा हुँदाहुँदै पनि सरकारले आवश्यकता र जनताको चाहना सम्बोधनका लागि त्यस्तो कुनै उल्लेख्य कार्यको थालनी गर्न भने सकेको छैन ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ वास्तवमै चित्ताकर्षक नारा हो । मुलुकलाई समृद्ध बनाउने र नेपाली जनतालाई सुखी तुल्याउने कुरा यथार्थमा दीर्घकालीन परिकल्पना हो । यस यथार्थका परिप्रेक्ष्यमा समृद्धि हाम्रो सपना हो, एउटा रणनीतिक सोच हो । समृद्धिको हाम्रो सपना पूरा गर्न त्यति सहज भने अवश्य पनि छैन । हाम्रा धेरै नेतामा आत्मकेन्द्रित प्रवृत्ति र स्वल्प दृष्टिको प्रधानता छ । राष्ट्र निर्माण महाभियानको जिम्मेवारी बहन गर्ने नेतामा राम्रोलाई हाम्रो ठान्ने होइन, हाम्रोलाई राम्रो ठान्ने रोग छ । राज्य सञ्चालनको छोटो अवधिमै यस्ता दृश्य दृृष्टिगोचर भइसकेका छन् । कसैलाई काखा र कसैलाई पाखा गरेर राष्ट्र निर्माणको यात्रा सुचारु गतिमा अघि बढ्न सक्दैन । त्यसैले, समृद्धिको हाम्रो सपना पूरा गर्न हामी नयाँ फराकिलो दृष्टिकोण, सोच र शैलीका साथ अग्रसर हुनु आवश्यक छ । नयाँ परिस्थितिमा नवीन राष्ट्रिय कार्यभार पूरा गर्न नूतन नेतृत्व उदय हुन सकेको भए राम्रै हुने थियो, तर त्यसो हुन सकेन । त्यसैले, नेतृत्व पुरानै भए पनि अब सोच, प्रवृत्ति र मानसिकतामा परिवर्तन आउनु आवश्यक छ ।
वास्तवमा यतिखेर सबैको मुखमा विकास र समृद्धिको शब्दावली झुन्डिएको छ । मूलभूत राजनीतिक मुद्दाको टुंगो लागिसकेकै कारण पनि समृद्धि सत्ता र प्रतिपक्ष दुवैको साझा थेगो बनेको हो । राजनीतिक मुद्दा टुंगोमा पु¥याउन मुलुकले लामो समय गुजारेको छ । मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो शासन प्रणालीका रूपमा स्विकारेको छ । शासनलाई जनतानिकट पु¥याउन संघीयता अवलम्बन गरिएको छ । अब यो दायराबाहिर गएर राजनीतिक विकल्प खोज्ने व्यापक संगठित प्रयत्न हुने र त्यसले वाञ्छनीय परिणाम दिने सम्झना निकै कम छ । त्यसैले, अबको हाम्रो प्राथमिकता मुलुकको द्रुततर सामाजिक, आर्थिक विकास, जनजीवनको स्तरमा उत्तरोत्तर सुधार, समन्यायिक वितरण र समतामूलक समाजको सिर्जना नै हो । सामाजिक, आर्थिक विकासका अनेकौं चरण पार गरेपछि नै मुलुकले समृद्धि हासिल गर्न सक्छ । समृद्धि अहिले राष्ट्रिय कार्यभार भए पनि यसलाई हासिल गर्न एउटा सिंगो युग नै लाग्ने निश्चित छ । विधिसम्मत शासन प्रणाली, कानुनी राज्य, सुशासन, सुदृढ लोकतन्त्र, व्यवस्थापन कुशलता र उद्यमशील जनता समृद्धि हासिल गर्ने पूर्वसर्त हुन् ।
अब राजनीतिलाई स्थायित्व दिनेतर्फ सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्छ । स्थिर सरकार नै राजनीतिक स्थायित्व सुनिश्चयको एक मात्र आधार होइन । हाम्रो जस्तो व्यक्तिगत स्वार्थको प्रधानता र असैद्धान्तिक राजनीतिक चरित्रको बाहुल्य भएको राजनीतिमा स्थायित्व कायम गर्न त्यति सरल हुँदैन । प्रमुख दलहरूकै नेतामा दलगत चरित्रको सर्वथा अभाव देखिन्छ । सत्ता र शक्तिमा पुग्न जुनसुकै दलमा पनि तँछाडमछाडको अवस्था सबैले थाहा पाएकै कुरा हो । दलमा आबद्ध भए पनि नेता, कार्यकर्ताहरू व्यक्तिगत स्वार्थबाटै निर्देशित हुन्छन् । धेरैजसो नेता कार्यकर्तामा व्यक्तिगत प्रवृत्ति हावी छ । यस्तो पृष्ठभूमिमा राजनीतिक स्थायित्व कायम गर्न विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । जे भए पनि राजनीतिक स्थायित्व बहाल हुने हो भने सामाजिक, आर्थिक विकासलाई गति दिन र सामान्य जनतामा लोकतन्त्रको लाभांशका रूपमा विकास प्रतिफल पु¥याउन सकिन्छ । सामाजिक आर्थिक विकासलाई गति दिन अहिले सबै दृष्टिले अनुकूल वातावरण उपलब्ध छ । हाम्रा दुवै छिमेकी मुलुक हाम्रो विकास प्रयासमा साझेदारी गर्न तत्पर देखिन्छन् । अर्थतन्त्रको आधार उत्पादक बनाउन सहायक क्षेत्र पहिचान गरी साझेदारीको ढाँचा तय गरिनु जरूरी छ ।
मित्रराष्ट्रले सहयोग गरे मात्र हाम्रो विकास हुन सक्ने होइन । विकास हाम्रो आफ्नै बुतामा आधारित हुनुपर्छ । हामीले आफ्नो प्राथमिकताका क्षेत्रमा मित्रराष्ट्रको सहयोग परिचालन गर्नु आवश्यक छ । अहिले पनि मुलुकले उदारम दाताबाट सहयोग पाइरहेकै छ । कतिपय दाताहरू आपैंm विकास व्यवस्थापनमा क्रियाशील रहँदै आएका पनि छन् । एउटा कुनै क्षेत्रलाई प्रवेशविन्दु बनाएर निहित उद्देश्यअनुरूप अन्य गतिविधिमा संलग्न विकास साझेदारले नेपाली समाजमा विकृति विसंगति प्रसार गर्न पनि सघाउ नपु¥याएका होइनन् । हरक्षेत्रमा जुनसुकै परिणाममा वैदेशिक सहायता स्वीकार गर्ने परिपाटीउपर अब लगाम नलगाई हुँदैन । परियोजनामा आधारित सहायताभन्दा पनि अब अर्थतन्त्रको आधार विस्तार गर्न सहयोग पुग्ने क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्नु उचित हुन्छ । उद्यमशीलता र व्यवस्थापन क्षमता विकासमा ध्यान पु¥याउन सकेको खण्डमा अर्थतन्त्रको दिगो आधार सिर्जनामा अवश्य पनि मद्दत पुग्छ ।
विश्वमै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हाम्रो उत्तरतर्फको छिमेकी देश चीन हो । तीन दिशातिर उदीयमान अर्थतन्त्र भएको मुलुकसँग हाम्रो लामो खुला सीमा जोडिएको छ । हाम्रा दुवै छिमेकी जनजीवनको स्तरमा सुधार गर्दै समृद्धिको मार्गमा लम्किरहेको तथ्यसँग हामी अपरिचित छैनौं । दुवै छिमेकीको समृद्धिबाट कसरी लाभ लिने भन्ने कुरा वास्तवमा हाम्रो कुशलतामा निर्भर छ । उत्तर र दक्षिण दुवै छिमेकीसँग हाम्रो मुलुक रेल यातायातले जोडिँदैमा समृद्धि हासिल हुन्छ भन्न मिल्दैन । भारत र चीन दुवै मुलुकसँग हामी व्यापार घाटाको अवस्थामा छौं । उत्तरतिरबाट मुलुक रेल यातायातले जोडिँदा आयात सहज हुन गई दक्षिणतर्फ हाम्रो निर्भरता अवश्य कम हुन्छ, किन्तु निर्यातयोग्य वस्तु भएनन् भने चीनसँग पनि हाम्रो व्यापार घाटा चुलिन्छ । यसबाट मुलुकलाई प्रत्यक्ष लाभ हुँदैन । त्यसैले, हामीले एकातिर बाह्य निर्भरता कम गर्न आन्तरिक उत्पादन बढाउनुपर्ने र अर्कोतिर निर्यातयोग्य वस्तुको उत्पादनलाई प्रोत्साहित गर्नुपर्ने खाँचो छ ।
सरकार कथनमा धेरै अघि देखिन्छ तर गति भने निकै सुस्त छ । सरकारको गति, चाल र कार्यसम्पादनमा सुधार हुनुपर्छ । राज्य संयन्त्रलाई अलिकति प्रभावकारी बनाउँदा सुधार हुन सक्ने विषय पनि अहिलेसम्म त्यत्तिकै अलपत्र छन् । स्थिरता र स्थायित्वको नारा दिने सरकारले सामाजिक असुरक्षा नियन्त्रण गर्नेतर्फ पनि यथेष्ट ध्यान पु¥याउन नसकेको देखिन्छ । यसैको फलतः अपहरण र फिरौतीको धन्दा गर्नेहरू हतोत्साहित हुन सकेका छैनन् । त्यस्ता तŒवले समाजमा सन्त्रास कायमै गरिरहेको अवस्था छ । बढ्दो सामाजिक असुरक्षा अस्थिरताको कारक हुन्छ । अहिलेसम्म चोरी, डकैती, हत्या, बलात्कार, अपहरण, फिरौती असुली, जबर्जस्ती चन्दा आमरूपमै विद्यमान छन् । कतिपय ठाउँमा सर्वसाधारण जनताले निर्भयताका साथ ढुक्कसँग आफ्नो जीवन जिउन पाइरहेका छैनन् । त्यसर्थ, सबैखाले सामाजिक अपराध नियन्त्रणका लागि सरकारले अभियानकै थालनी गर्नु जरुरी छ ।
लोकतन्त्रको सुदृढीकरण र सम्बद्र्धन स्थिरता र स्थायित्वतर्फको सबल आधार हो । लोकतन्त्र सीमित तुल्याउने प्रयत्नले निःसन्देह बाह्य चासो आमन्त्रित गर्छ । नेपालमा लोकतन्त्र बहालीका लागि अन्तर्राष्ट्रिय सद्भाव र समझदारी रहेको तथ्य विवादरहित छ । लोकतन्त्रलाई सीमित तुल्याउने प्रयत्नमा बाह्य चासो कुन स्वरूपमा प्रकट हुन्छ । त्यसले पनि राजनीतिक स्वायित्व कायम गर्ने हाम्रो प्रयत्नलाई प्रभावित गर्छ । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार भएकै कारणले विश्व समुदायले गहन अभिरुचिका साथ राजनीतिक घटना विकासलाई नियालिरहेको छ । त्यसैले, राजनीतिमा चर्को विभाजन आउन नदिन सरकार उदारतापूर्वक प्रस्तुत हुनु उचित हुन्छ । सर्वोत्कृष्ट लोकतान्त्रिक विधिबाट संविधान जारी भएसँगै सफलतापूर्वक राज्यका तीनै संरचनाको निर्वाचन सम्पन्न भई हरतहमा नयाँ स्थिर सरकार गठन भएको छ । लामो समयदेखि जारी राजनीतिक संक्रमणको पनि अन्त्य भई मुलुक नयाँ युगमा प्रवेश गरेको छ । यी सबै अत्यन्त महŒवपूर्ण उपलब्धि लोकतान्त्रिक प्रक्रियाबाटै हासिल भएका हुन् । मुलुक विकास र समृद्धिको नयाँ चरणमा प्रवेश गरेको छ । त्यसैले, अब विकास र समृद्धिको अभियानलाई पनि लोकतान्त्रिक प्रक्रियाबाटै अघि बढाइनु जरुरी छ । नयाँ ढंगले लोकतन्त्रलाई परिभाषित गर्ने प्रयत्न विकास र समृद्धिको हाम्रो अभियानमा बाधक हुने निश्चित छ ।
संविधान र कानुन कार्यान्वयन गर्ने गराउने पहिलो जिम्मेवारी सरकारको हो । परन्तु, यतिबेला सरकार नै संविधान र कानुनको भावनाविपरीत अघि बढ्न खोजेको प्रतीत हुँदै छ । अहिले ने क पा स्वयं प्रश्नको घेरामा छ । पहिले दर्ता रहेको दलसँग मिल्दोजुल्दो नाम राखेर निर्वाचन आयोगबाट यो दल दर्ता भएको छ । यो दर्ता प्रकरणमा सरकारको प्रभाव निर्णायक रहेको आशंका गरिँदै छ । केन्द्रीय समितिमा एक तिहाइ महिला हुनैपर्ने संवैधानिक प्रावधानको ठाडो उल्लंघन भएको छ । प्रतिनिधिसभादेखि सबैजसो प्रदेशसभामा संविधानविपरीत एउटै दलको सभामुख, उपसभामुख रहेका छन् । कुनै एउटाले राजीनामा दिनुपर्ने प्रसंग उठ्दा त्यसलाई सोझै नकार्ने गरिएको छ । आफ्नो सुविधानुसार संविधानको व्यवस्था उल्लंघन गर्ने, यो प्रवृत्तिले निरन्तरता पाइरहने हो भने मुलुकमा संवैधानिक मर्यादाको जग कसरी बस्न सक्छ र ? दलगत स्वार्थलाई ध्यानमा राखेर संवैधानिक व्यवस्था उल्लंघन गर्दा आफ्नो तत्कालीन उद्देश्य पूरा हुन सक्ला परन्तु कालान्तरमा मुलुकले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने तथ्य स्मरणीय छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij