२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

स्पेन र रसिया निर्धारित समयसम्म १–१ गोलको बराबरीमा, ३० मिनेटको समय थप

स्पेन र रसिया निर्धारित समयसम्म १–१ गोलको बराबरीमा, ३० मिनेटको समय थप

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा आयोजक राष्ट्र रसियाले स्पेनविरुद्ध गोल फर्काएको छ । मस्कोस्थित लुजनिकी रंगशालामा पहिलो हाफसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेका छन् ।

१२औं मिनेटमा रसियाले आत्मघाति गोल गरेपछि स्पेनले अग्रता बनाएको थियो । स्पेनले प्रहार गरेको बल रसियाका इग्नाशेभिकले रोक्ने क्रममा गोल हुन पुगेको थियो ।

खेलको ४२औं मिनेटमा स्पेनका जेरार्ड पिकेले हातले बल छोएपछि रसियाले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट रसियाका आर्टिम ज्युबाले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका हुन् । स्पेनले सुरुवाती समयदेखि नै रसियामाथि दबाब बनाई रहेको छ । पहिलो हाफको अन्तिम समयमा स्पेनले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो ।

दुबै टिम आजको खेलमा जित हात पार्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्ने दाउँमा छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij