
काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगा नाकाबाट ६ किलो तस्करीको सुन बरामद गरेको छ ।
रसुवाबाट मोटरसाइकलमा हालेर ल्याइँदै गरेको अवस्थामा सुन समातिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । सुनसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २३ वर्षीय तेन्जिङ तामाङ रहेका छन् । उनले बा ९५ प ८१६४ नम्बरको पल्सर बाइकमा हालेर सुन ल्याउँदै थिए ।
हिजोमात्रै पनि सोही नाकाबाट तीन किलो तस्करीको सुन समातिएको थियो । काठमाडौंबाट कञ्चनपुरतर्फ गैरहेको युके ०२४६४ नम्बरको भारतीय नम्बर प्लेटको जीपबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो ।
पक्राउ पर्नेमा भारतीय नागरिक दीपक मौरी र नेपाली नागरिक मनोज बिक रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij