
एजेन्सी । विश्वकप फुटबलअन्तर्गत नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना र फ्रान्सबीचको खेल सुरु भएको छ । विजयी हात पार्दै विश्वकपको क्वाटरफाइनलमा पुग्ने दुबै टिमको लक्ष्य रहेका छन् ।
रसियाको कजान एरिनामा सुरु भएको प्रिक्वाटरफाइनल विश्वकपअन्तर्गत नकआउट चरणको पहिलो खेल हो । विश्वचर्चित खेलाडीले भरिभराउँ दुबै टिममध्ये कसले जित्ला ? खेल निकै रोचक हुने अनुमान गरिएको छ । समूह चरणमा बलियो टिमको रुपमा प्रस्तुत भएको फ्रान्सलाई रोक्दै अर्जेन्टिना क्वाटरफाइनलमा पुग्ने दाउँमा छ भने फ्रान्स पनि अर्जेन्टिनालाई पराजित गर्ने रणनीतिमा छ ।
समूह ‘सि’ बाट समूह विजेता बन्दै फ्रान्स नकआउट चरणमा पुगेको हो । तयस्तै, समूह ‘डि’ को उपविजेता बन्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij