२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सोलुखुम्वुमा जीप दुर्घटना ६ को मृत्यु

सोलुखुम्वुमा जीप दुर्घटना ६ को मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा आज बिहान जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट पतलेबजार हाटमा जाँदै गरेको जीप बिहान करिब साढे ७ बजेतिर तिङ्लाको महादेव भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये शिवकुमारी यादवको मात्र पहिचान भएको छ । एक जना ९ वर्षको बच्चालाई उद्धार गरेर उपचारको लागि सदरमुकाम ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए । घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij