
मस्को । विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को अन्तिम खेलमा इङ्गल्याण्डलाई १–० ले हराउँदै बेल्जियम समूह विजेता बनेको छ ।
पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा बेल्जियमले निर्णायक गोल गर्यो । एड्नान जानुजाले ५१ औं मिनेटमा गोल गर्दै टोलीलाई विजयी बनाए ।
दुवै टोली यसअघि नै नकआउट चरणमा पुगिसकेका थिए । बिहीबार रातिको खेल समूह विजेताको लागि थियो ।
अब नकआउट चरणमा बेल्जियमले जापानसँग र इंग्ल्यान्डले कोलम्बियासँग प्रतिस्पर्धा गर्ने छन् । कोलिम्बया समूह एचको विजेता र जापान उपविजेता हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij