२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

उडिरहेको विमानमा बम रहेको हल्ला चलेपछि…

उडिरहेको विमानमा बम रहेको हल्ला चलेपछि…

कुवेत । ओमानबाट जर्मनी जान उडेको युरोविङ्ग्सको एक विमानमा बम राखेको भन्ने हल्ला चलेपछि बीचबाटोबाटै उक्त विमान कुवेत सिटीमा आकस्मिक अवतरण गरेको छ ।

उडान नम्बर ईडब्ल्यू ११७ बाट ओमानको सालल्लाह विमानस्थलबाट जर्मनीको कोलोन महानगर गन्तव्यतर्फ प्रस्थान गरिसकेको युरोविङ्ग्स एयरलाइन्सको एयरबस ए३३०–२०३ मोडेलको सो बिमान उडेको केही बेरमै विमानमा बम राखेकोले पड्किई ध्वस्त हुने हल्ला चलेपछि विमानमा कुवेत सिटीमा आकस्मिक अवतरण गरेको कुवेतको सरकारी सञ्चार समिति कुना न्युज एजेन्सीले जनाएको छ ।

सो विमानमा चालकदलका १३ जनासहित २९९ जना यात्रु सवार थिए । बम राखेको भन्ने हल्ला चलिरहेको अवस्थामा उडाइ रहन नमानेपछि विमानका कप्तानले कुवेतमा अवतरण गर्न यहाँको टावरसँग अनुमति मागेका थिए ।

आकस्मिक अवतरण पश्चात् सबै यात्रु ओरली विमानलाई पूरै जाँच, अनुसन्धान गर्दा बम वा कुनै त्यस्तो बिस्फोटक पदार्थ फेला नपरेको पनि कुना न्युज एजेन्सीले जनाएको छ ।

आफ्नो स्वामित्वमा रहेको सो विमानलाई जर्मनीकै सन् एस्प्रेस नामक कम्पनीले लिजमा लिई सञ्चालन गरेको र यस उडानलाई भने एफ.टी.आई. नामक एउटा ट्राभल एजेन्सीले चार्टर गरेको तथ्य युरोविङ्ग्स एयरलाइन्सले जनाएको छ ।

युरोविङ्ग्स एयरलाइन्स जर्मनीको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय ध्वजाबाहक लुफ्थान्सा जर्मन एयर लाइन्सकै भगिनी संस्था हो ।
स्रोत: एपी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij