२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सर्बियाविरुद्ध ब्राजिल २–० गोलले अघि

सर्बियाविरुद्ध ब्राजिल २–० गोलले अघि

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह इ को खेलमा ब्राजिलले दोब्बर अग्रता बनाएको छ । खेलको ६८औं मिनेटमा गोल गर्दै ब्राजिलले सर्बियामाथि २–० गोलको अग्रता बनाएको हो ।

ब्राजिलका लागि थिएगो शिल्भाले हेडर गोल गर्दै दोब्बर अग्रता दिलाएका हुन् । यसअघि सर्बियाले एकपछि अर्को प्रहार गरेपनि गोल गर्न भने सकेको थिएन ।

पहिलो हाफसम्म ब्राजिलले १–० गोलको अग्रता बनाएको थियो । ब्राजिलले सर्बियामाथि खेलको ३६औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । ब्राजिललाई अग्रता दिलाउने क्रममा पौलिन्होले खेलको ३६औं मिनेटमा गोल गरे । उनको गोलमा ब्राजिलले अग्रता बनाएसँगै सर्बियाले पहिलो हाफमा दबाबमा खेलेको थियो ।

विश्वकपको नकआउट चरणमा पुग्नका लागि आजको खेलमा ब्राजिलले बराबरी खेलेपनि पुग्ने छ । ब्राजिलले सर्बियालाई पराजित गरेको खण्डमा समूह विजेता बन्ने पक्का जस्तै छ । तर ब्राजिल पराजित भएमा विश्वकपको समूह चरणबाटै बाहिरिने छ ।

यसै समूह अन्तर्गत अर्को खेलमा स्वीट्जरल्यान्ड र कोष्टारिकाले १–१ गोलको बराबरीमा खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij