
काठमाडौ । साविक विजेता जर्मन रसिया विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । दक्षिण कोरियासँग अप्रत्यासिहत २–० गोल अन्तरले पराजित भएसँगै जर्मनी विश्वकपबाट बाहिरिएको हो ।
दक्षिण कोरियाविरुद्धको समूह चरणको अन्तिम खेलमा अप्रत्यासितरुपमा २–० को पराजय भोगेपछि जर्मनी विश्वपकबाट बाहिरिएको हो । समूह एफ को अन्तिम खेलमा दक्षिण कोरियाले खेलको अतिरक्ति समयको चार मिनेट भित्र दुई गोल गर्दै साविक विजेतालाई घरको बाटो देखाएको हो ।
दक्षिण कोरियासँग पराजित भएपछि जर्मनी ३ अंकसहित समूहको सबैभन्दा पुच्छरमा रहन बाध्य भयो । दक्षिण कोरियालाई सनसनीपूर्ण जित दिलाउने क्रममा खेलको अतिरिक्त समयको चौथो मिनेटमा किम योङ व्गान र ९८ औँ मिनेटमा हेयुङ मिन सनले गोल गरे ।
यो समूहबाट ६ अंकसहित स्विडेन समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ भने ६ अंक नै जोडेको मेक्सिको गोल अन्तरले पछि पर्दै उपविजेता बनेर अन्तिम १६ मा पुगेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij