२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

फ्रान्स र डेनमार्क पहिलो हाफसम्म गोलरहित बराबरीमा

फ्रान्स र डेनमार्क पहिलो हाफसम्म गोलरहित बराबरीमा

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘सि’ मा भएको खेलमा फ्रान्स र डेनमार्कले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका छन् । फ्रान्स र डेनमार्कले गोल गर्ने अवसर पाएपनि गोल गर्न भने सकेनन् ।

रसियाको लुजिञ्की रंगशालामा फ्रान्सले डेनमार्कलाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा छ । पहिलो हाफसम्म दुबै टिमले आक्रमक भन्दा पनि रक्षात्मक खेल खेलिरहेका छन् । फ्रान्स यसअघिको आफ्नो दुई खेलमा लगातार जित हात पार्दै नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

फ्रान्सले २ खेलमा जित निकाल्दै ६ अंक बनाउँदै प्रिक्वाटरफाइनलमा एक खेल खेल्नु अघि नै प्रवेश गरेको हो । त्यति नै खेलबाट समान १ खेलमा जित र एक खेलमा बराबरी खेलेको डेनमार्कको ४ अंक रहेको छ ।

डेनमार्कको विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने बलियो सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij