२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आइसल्यान्डविरुद्ध नाइजेरियाको जित, अर्जेन्टिनाको नकआउटमा पुग्ने सम्भावना बढ्यो

आइसल्यान्डविरुद्ध नाइजेरियाको जित, अर्जेन्टिनाको नकआउटमा पुग्ने सम्भावना बढ्यो

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ को खेलमा नाइजेरियाले आइसल्यान्डलाई पराजित गरेको छ । नाइजेरियाले आइसल्यान्डलाई २–० गोलअन्तरले पराजित गरेसँगै अर्जेन्टिनाको विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने सम्भावना पनि बढेको छ ।

आइसल्यान्डविरुद्ध नाइजेरियाले उत्कृष्ट प्रदर्शन गर्यो। यद्यपी खेलको पहिलो हाफमा भने दुबै टिम गोलरहित बराबरीमा रोकिएका थिए । रसियाको भोल्गोग्राड एरिनामा भएको खेलमा पहिलो हाफमा दुबै टिमले गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न भने सकेनन् ।

दोस्रो हाफमा भने नाइजेरियाले दुई गोल गर्दा आइसल्यान्डले गोल गर्न सकेन । अहमद मुसाले खेलको ४९औं मिनेटमा गोल गर्दै आइसल्यान्डविरुद्ध नाइजेरियालाई १–० गोलको अग्रता दिलाएका थिए ।

खेलको ७५औं मिनेटमा मुसाले अर्को गोल गर्दै नाइजेरियालाई दोब्बर अग्रतामा पुर्याएका थिए । आइसल्यान्डले पाएको पेनाल्टीलाई पनि सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो ।

नाइजेरियाको पनि विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने सम्भावना बढेको छ । अब नाइजेरियाले समूह चरणको अन्तिम खेल अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दै छ । नाइजेरियाले अर्जेन्टिनालाई पराजित गरे नकआउट चरणमा प्रवेश गर्नेछ । यता, अर्जेन्टिनाले पनि नाइजेरियालाई पराजित गरेको खण्डमा विश्वकपको नकआउट चरणमा पुग्नेछ । यद्यपी अर्जेन्टिना आइसल्यान्ड र क्रोएसियाबीचको खेलको नतिजामा पनि भर पर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij