
एजेन्सी । लुइस सुआरेजले २३औं मिनेटमा गोल गर्दै उरुग्वेलार्इ साउदी अरेबियाविरुद्ध सुरुवाती अग्रता दिलाए। आफ्नो १००औं अन्तराष्ट्रिय खेलमा गोल गरेका सुअारेज तीनवटा विश्वकपमा गोल गर्ने उरुग्वेका पहिलो खेलाडी बनेका छन।
सुआरेजले २०१०, २०१४ र यसविश्वकपमा गोल गर्दै तीन विश्वकपमा गोल गर्ने एक्लो उरुग्वेका खेलाडी बनेका हुन्। कार्लोस सान्चेजले गरेको कर्नर प्रहारमा सुआरेजले बायाँ खुट्टाले भलि प्रहार गर्दै गोल गरेका थिए। यो उरुग्वेका लागि सुआरेजको ५२औं गोल हो।
उरुग्वेका पछिल्ला १५ गोलमध्ये ८ वटामा सुअारेज संग्लन छन्। जसमा ६ गोल गरेका छन भने २ मा सहायको भुमिका निर्वाह गरेका छन्। उरुग्वेका लागि १०० खेल खेल्ने उनी छैटौं प्लेयर बनेका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij