
काठमाडौं । संयुक्त राज्य अमेरिका राष्ट्र संघीय मानवअधिकार परिषदबाट बाहिरिएको छ।
राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हलीले मंगलबार परिषद् नामअनुसारको महत्वपूर्ण संस्था नरहेको बताइन्। उनले अमेरिकाले परिषदमा परिवर्तन गर्न बेलाबेलामा मौका दिएको भए पनि त्यसो नगरिएको बताइन्।
परिषद् इजराइलप्रति पूर्वाग्रही रहेको उल्लेख गर्दै उनले मानवअधिकारका उल्लंघनकर्ताको अभियोग लाग्ने चीन, क्युबा, भेनेजुयला र कंगो पनि यसका सदस्य रहेको बताइन्।
‘हामीले यो कदम मानवअधिकारलाई गिज्याउने ढोंगी संस्थाको हिस्सा बन्नु हुँदैन भन्ने प्रतिवद्धताअनुसार लिएका हौं,’ हलीले भनिन्।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कुनै समयमा परिषद्सँग महान भिजन भए पनि अहिले यसले मानव अधिकारको रक्षा गर्न नसकेको बताए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij