२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मिसन सिन्धुलीगढीकाे अनसन कायमै, सरकारले ज्ञापनपत्र बुझ्न समेत नमानेकाे गुनासाे

मिसन सिन्धुलीगढीकाे अनसन कायमै, सरकारले ज्ञापनपत्र बुझ्न समेत नमानेकाे गुनासाे

मिसन सिन्धुलीगढी राष्ट्रिय माेर्चा हराएकाे नेपाल खाेज्न जाउँ, लुकाएकाे नेपाल खाेस्न जाउँ लगायतका नारा तय गरेर राष्ट्रियताकाे पक्षमा विगत लामाे समय देखि अान्दाेलनरत छ । यसै क्रममा अाफ्ना  विभिन्न माग राखेर  सरकारलार्इ बुझाउन खाेज्दा सरकारले लिन नमानेकाे कारण माेर्चा थप कडा स्वरूपमा विराेधमा उत्रने भएकाे छ । उक्त माेर्चा विगत १ महिना देखि
अनसनरत छ  । राज्यले मापदण्ड बिना नै नागरिकता वितरण गरेको र यसले देशलार्इ निकै भयावह अवस्था निम्त्याउने भन्दै त्यसकाे  बिरोधमा राज्यलाइ ध्यानाकर्षण गराउन खोज्दा सरकारले नमानेको भन्दै मोर्चाले काठमाडौंको टुडिखेलमा रिले अनसन शुरु गरेको हो।

शक्तिशाली न्यायिक नागरिकता अायाेगकाे गठन हुनुपर्ने, प्रजातन्त्रकाे स्थापनासँगै अपनाइएकाे भनिएकाे यदार अर्थनीतिमा बन्द भएका उद्याेगहरू खाेल्नुपर्ने, राष्ट्रिय स्वाधिनताकाे रक्षा गर्नुपर्ने, नेपालमा राेजगारीकाे अवस्था नभएकाे कारण विदेशिएका नेपालीहरूलार्इ नेपालमा नै भित्र्याएर उत्पादनमूलक काममा लगाउनुपर्ने, नेपालमा सञ्चालनमा रहेका गैह्र सरकारी संस्थाले गर्ने खर्च पारदर्शी नभएकाे कारण एउटै माध्यमबाट सञ्चालन हुने व्यवस्था मिलाइ पारदर्शी बनाउनुपर्ने, राष्ट्रियताकाे रक्षाकाे निम्ति राज्य गम्भीर हुनुपर्ने लगायत छन् ।

यी सबै मागहरू राष्ट्रियता सँग जाेडिएका हुनाले राज्यले यथाशिघ्र सम्बाेधन गरेर समस्याकाे निकास निकाल्नुपर्ने अान्दाेलनरत अनसनमा रहेका हरूकाे माग छ । यस समूहले रिले अनसन शुरु गरेको १ महिना  हुँदा पनि सरकारी निकायले कुनै चासो नदेखाएको मोर्चाका संयाेजक ब्रह्माण्डले सेताेघरलार्इ बताएका छन् । गैर नेपालीले विभिन्न प्रलोभन देखाएर लिएका नेपाली नागरिकता खारेज गरेर मात्र निर्वाचनमा जानुपर्ने उनकाे तर्क छ  ।

 

साेही अनसन कार्यक्रमका संयाेजक ब्रह्माणडले अाफ्नाे फेसबुकमा लेखेकाे स्टाटस यस्ताे छ ।

मिसन सिन्धुलिगढि राष्ट्रिय मोर्चा नेपालको आव्हान हो, अब कुनै पनि किसिमको अराष्ट्रिय तत्व,रास्ट्रघाती तत्व,देशद्रोही तत्व अनि कुनैपनी किसिमका खराव नेतृत्व प्रती जनताको कारबाही सुरु हुनु पर्दछ भन्दै जनता जागरण अभियान सुरु गरिसकेका छौ ।
हामिले आज समाचारमा जनताको कारबाही सुरु भएको जानकारी पाएका छौ, त्यस्ता जनतालाइ मोर्चा सलाम गर्दै, थप जनताको कारबाही अगाडि बढाउन आग्रह गर्दछौ । जय मिसन सिन्धुलिगढि

अाफ्नाे अवस्था जस्ताे अएपनि राष्ट्रियता रक्षाकाे निम्ति अाफु लागिरहने बताउँदै उनले अर्काे स्टाटसमा लेखेका छन् । पढ्नुहाेस् ।

मेरो ब्यक्तिगत अवस्था जे जस्तो भएपनी दुइछाक खाएर बाच्नकोलागी कसैसङ्ग सम्झौता गर्न सक्दीन ।
म खानकोलागी मात्र बाच्न सक्दिन, म बाच्नकोलागी खान चाहान्छु जुन मेरो आजसम्मको बानी र स्वभाव छ ।
बरु म सबै छोडी एक्लै हिंड्न् तयार छु ! किनकी आमाले मलाइ जन्म दिदा म एक्लै थिए । अनि मलाइ जिवन दर्शनको ज्ञाण दिनुहुने गुरु विकाशानन्द्ले पनि भन्नुहुन्थ्यो जिवन र जगतमा सफल रहेर बाच्ने हो भने एक्लै हिड्नु ।
आज म त्यही सम्झिरहेको छु ।
म एक्लै हिड्दा मलाइ मेरो घर समाजअनि घरकी श्रीमतीले पागलसम्म भन्न सक्लान । अरु त भन्न र गर्न सक्दैनन नि ! किनकी मेरो आमाबुबा पहिलो हो, अरु पछि !
अत: म दुइछाक खाएर बाच्न र जिन्दगीमा बाच्नको निम्ती कसैसङ्ग सम्झौता गर्न जन्मेको पनि हुइन ।
न मेरो परिवारमा त्यस्तो थियो न म कुनै गलत कर्मको सुरुवात गर्न सक्छु ।
यति मैले जिवन र जगतलाइ बुझ्न्ने कोशिश गर्दा गर्दै पनि आज म विवश छु !
मेरो आजसम्मको सबैभन्दा नजिकको मान्छेले दुइछाक खाएर बाच्ने सपनामा, सम्झौता गर्दाको अवस्थामा मेरो मनमा कस्तो ज्वार उठेको होला ???
हा हा हा हा हा हा हा
म मान्छे बनेर बाच्न चाहान्छु, किनकी मलाइ जिवन र जगतमा कसरी आफु बाच्दै अरुलाइ बचाउने भनी सिकाउनुहुने गुरु डक्टर योगि विकाशानन्द मेरो आजसम्म्को जिउदो गुरु हुनुहुन्छ ।
अत : म राजनीतिक रुपमा जति कठोर भएपनी, जति कुटिल चाल चल्न सक्नेभएपनी, म ब्यक्ती हत्या गर्न रुचाउदिन ! यो मेरो आजसम्मको स्वभाव हो , छ र रहिरहन्छ ।
यो मेरो निकै संबेदनसिल मनमा उठेको प्रस्नलाइ आज मैले दैनिकीमा नउतारीकन आफ्नो डाइरिमा नउतारिकन मेरो आफ्नो ब्यक्तिगत स्वभाव अनुसार सबैमा सार्वजनिक गरेको छु, कसैले यस्लाइ मेरो ब्यक्तिगत कम्जोरिको रूपमा नबुझिदिनुहुन मेरो विशेष आग्रह छ । मनमा जे छ त्यही जस्ताको तस्तै फेसबुक मित्रहरुमाझ बाडेको छु

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij