
एजेन्सी । विश्ववकप फुटबलअन्तर्गत समूह ‘सि’ को खेलमा पोर्चुगल र स्पेनबीचको दोस्रो हाफ सुरु भएको छ । पोर्चुगलले स्पेन विरुद्ध पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको छ ।
पोर्चुगललाई अग्रता दिलाउन कप्तान क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे । त्यस्तै, स्पेनका लागि डिएगो कोष्टाले एक गोल फर्काएका थिए । पोर्चुगलका लागि कप्तान क्रिष्टियानो रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै अग्रता बनाएका थिए ।
खेलको तेस्रो मिनेटमा नै रोनाल्डोलाई डिबक्सभित्र स्पेनका खेलाडीले फल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै कप्तान रोनाल्डोले गोल गरेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij