
एजेन्सी । विश्ववकप फुटबलअन्तर्गत समूह सि को दोस्रो खेलमा पोर्चुगल र स्पेनबीचको खेल सुरु भएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा दुबै टिम जित हात पार्ने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका छन् ।
रसियाको सोची शहरस्थित फिष्ट रंगशालामा दुबै टिम जितको खोजिमा छन् । स्पेनले विश्वकप एक पटक जितेको छ । यता, पोर्चुगल भने उपाधि विहीन रहेको छ । यी दुबै टिमलाई २१औं संस्करणको विश्वकप ट्रफिको दाबेदार राष्ट्रको रुपमा मानिएको छ ।
पोर्चुगल र स्पेनबीच अहिलेसम्म ३५ वटा खेलमा प्रतिस्पर्धा भएको छ । अहिलेसम्मको नतिजालाई हेर्ने हो भने स्पेन हावी भएको देखिन्छ । स्पेनले १७ खेल पोर्चुगललाई पराजित गरेको छ भने ६ खेलमा पराजित भएको छ । त्यस्तै, स्पेन र पोर्चुगलले १२ खेलमा बराबरी खेलेका छन् ।
प्लेयिङ इलाभेन
पोर्चुगल
गोलकिपर – रुइ प्याट्रिसियो
डिफेन्डर – पेपे, राफेइल गुइरेइरो, जोस फोन्टे, सेड्रिक
मिडफिल्डर – जोआयो मौटिन्हो, बेर्नान्र्डो सिल्भा, विलियम, ब्रुनो फर्नानडेज
फरवार्ड – क्रिस्टियानो रोनाल्डो, गोन्कालो गुइडेस
स्पेन
गोलकिपर – डेभिड डि गेय
डिफेन्डर – जेरार्ड पीके, सर्जियो रामोस, नाचो, जर्डी अल्वा
मिडफिल्डर – सर्जियो बुस्वेट्स, कोक, आन्ड्रेस इनिएष्टा, इस्को
फरवार्ड – डिएगो कोष्टा, डेभिड सिल्भा
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij