
काठमाडौं । रसियामा जारी विश्वक फुटबलअन्तर्गत समूह ‘बी’को पहिलो खेलमा एसियाली राष्ट्र इरानले मोरक्कोलार्इ १-० गोल अन्तरले पराजित गरेको छ । मोरक्कोका अजिज बौहादोउजले गरेको आत्मघाति गोल नै इरानको जितमा निर्णायक भयो ।
यसअघि दुवै टिमले गोलका केही सुन्दर अवसरहरु गुमाएका थिए । खेल निकै रोचक तथा प्रतिस्पर्धात्मक भएको थियो । यसक्रममा दुवैतर्फका खेलाडीहरु घाइते भए ।
जितसँगै इरानले तीन अंक जोडेको छ । उ समूह ‘बी’को शिर्ष स्थानमा छ । यसपछि समूह ‘बी’कै पोर्चुगल र स्पेनबीच हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij