२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विश्वकप २०१८

विश्वकप फुटबल: इरानको मोरक्कोमाथि रोमाञ्चक जित

विश्वकप फुटबल: इरानको मोरक्कोमाथि रोमाञ्चक जित

मस्को । विश्वकप फुटबलअन्तर्गत समूह ‘वि’ को पहिलो खेलमा इरानले जित हात पारेको छ । इरानले मोरक्कोमाथि १–० गोलको रोमाञ्चक जित हात पारेको हो ।

रसियाको सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा मोरक्कोका अजिज बौहाडौजले आत्मघाति गोल गरेपछि इरानले अन्तिम समयमा रोमाञ्चक जित निकालेको हो ।

थप गरिएको अत्तिरिक्त समयमा मोरक्कोका अजिजले आत्मघाति गोल गर्न पुगे । उनले हेडबाट गोल बचाउने क्रममा गोल गर्न पुगेका थिए ।

सुरुवातीदेखि नै बल नियन्त्रणमा लिएपनि मोरक्कोले गोल गर्न भने सकेन । जित हात पारेको इरानको ३ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij