२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

एसइइ मोडल हन्ट २०१८को उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठलाई

एसइइ मोडल हन्ट २०१८को उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठलाई

काठमाडौं । पहिलो संस्करणको एसइइ मोडल हन्ट २०१८ को उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठले जितेका छन्।

डीएम इन्टरटेन्मेन्टको आयोजना र थ्रीडि नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ५० जना प्रतिस्पर्धीलाई पछाडी पार्दै तनहुँकी १४ बर्षिया दिया श्रेष्ठ र बनेपा साँगाका १६ बर्षिय कृशल श्रेष्ठले जितेका हुन्।

त्यस्तै, निशान चेम्जोङ लिम्बु र कृषा श्रेष्ठ फ्रस्ट रनर्स अप तथा समृद्धि गिरी र आयुष लामा सेकेन्ड रनर्स अप घोषित भए।

शुक्रबार साँझ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न सो कार्यक्रममा उत्कृष्ट १५, उत्कृष्ट ५ हुदै अन्तिम चरणमा विजेताको घोषणा गरिएको थियो।

प्रतियोगिता अन्तर्गत वेष्ट वाक स्पर्धामा दिया श्रेष्ठ र कृशल श्रेष्ठ, वेष्ट फिगर स्वेच्छा खड्गी, वेष्ट स्माईल रोजी श्रेष्ठ र अनिल कँडेल, मोस्ट कन्फिडेन्ट प्रिज्मा महर्जन र लक्की रे, मोस्ट फोटोजेनिक समृद्धि गिरी र निशान चेम्जोङ लिम्बु, मिस बब्ली स्मृती पुन घोषित भए।

त्यस्तै, मिस ट्यालेन्ट प्रशंसा सुबेदी, मोस्ट ग्ल्यामरस रिसिका महर्जन, मिस क्यारिसम्याटीक रोमिना मानन्धर, मिस इन्टेलिजेन्ट मानसी बम, वेष्ट हेयर मोनिका गुरुङ, मिस फेशन आईकन एनी पुजारी, मिस कन्जिनियल दिब्या पुरी, मिस फ्रेन्डली सुसिन श्रेष्ठ, मिस पर्सनालिटी स्वीकृति गिरी, मोस्ट डिसिप्लेन अनिसा इमाम र एनएल पुन, मिस्टर फ्रेन्डली सुसिन श्रेष्ठ,मिस पर्सनालिटी स्वीकृति गिरी घोषित भए।

मोस्ट डिसिप्लेन अनिसा इमाम र एनएल पुन, मिस्टर फ्रेन्डली सुवास पण्डित, मिस्टर ट्यालेन्ट कुशल शाक्य, मिस्टर पर्सनालिटी कृशल श्रेष्ठ, मिस्टर पपुल र पर्सानालिटी एनएल पुन, बेस्ट स्पिकर सुदर्शन खनाल र मोनिका लामा, मिस पपुलर रिया डंगोल, मिस मल्टिमिडिया कृषा श्रेष्ठ, मोस्ट ब्यूटिफ्ल दिया श्रेष्ठ र बेष्ट ड्रेस भूमिका प्रधान कायस्थले अवार्ड हात पार्न सफल भएका छन्।

देशका विभिन्न ठाउँ र स्कुललाई प्रतिनिधित्व गर्दै प्रतियोगीतामा सहभागी भएका प्रतिस्पर्धीहरुलाई म्यानहन्ट नेपाल इन्टरनेशनल विजेता सनिश शाक्य र इन्डियाज नेक्स्ट टप मोडलकी फ्रष्ट रनर अप सबिता कार्कीले कोरियोग्राफी गरेका हुन्। प्रतियोगीहरुलाई ४० दिनसम्म बिभिन्न तालिम तथा कार्यशालाहरु मार्फत प्रशिक्षण गरिएको थियो। करिब १ हजार दर्शक, अतिथिहरु, निर्णायक मण्डल र विभिन्न कलाकारहरुको प्रस्तुतीको साथमा ग्रान्ड फिनालेको समापन भएको आयोजक डेनी मगरले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij