२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

रक्षामन्त्री ईश्वर पोखरेलको सबै सम्पत्ति पत्नीको नाममा

रक्षामन्त्री ईश्वर पोखरेलको सबै सम्पत्ति पत्नीको नाममा

काठमाडौं । रक्षामन्त्री इश्वर पोखरेलको सबैजसो सम्पत्ती उनकी पत्नी मिरा पोखरेलको नाममा रहेको छ। मिराको नाममा काठमाडौंको टोखामा ३३ आनामा बनेको ३ तले घर रहेको छ।

त्यसैगरी भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना, धादिङ खानीखोलामा ४ रोपनी जग्गा मिराकै नाममा रहेको उल्लेख गरिएको छ। यता सुनचाँदीमा ९ तोला सुन र २५ तोला चाँदी उल्लेख गरिएको छ।

यता नेपाल राष्ट्र बैंकमा मिराको पेन्सन वचत रहेको छ भने एभरेस्ट बैंकमा १ लाख ४० हजार र सानिमा बैंकमा ५ लाख मौज्दत रहेको छ।

मीराकै नाममा बरुण हाइड्रोमा १० हजार शेयर, कृषि विकास बैंक २०० र मोडर्न कन्या मल्टिपल कलेजमा ५ हजार बराबरको सेयर रहेको छ। रक्षामन्त्री ईश्वरको नाममा झापामा १० कट्ठ पैत्रिक सम्पत्ति र ७ लाख बैंक मौज्दतमात्र रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij