काठमाडौं । माघी पर्व शनिबार मनाईंदै छ । माघीका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका नेताले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपतिले शुभकामना सन्देश दिँदै विविधताले सम्पन्न सिङ्गो नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस महान् पर्वले सबै नेपालीमा उत्साह एवम् उमङ्ग थपोस् र सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।
सन्देशमा तरुल लगायत कन्दमूल तथा घ्यु, चाकु, तिलको लड्डु र खिचडी लगायत परिकार खाई मनोरञ्जनपूर्वक खुसी साटासाट गरी मनाइने यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पु¥याउने उल्लेख छ । देशमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नु हामी सबैको दायित्व भएको राष्ट्रपतिले बताउनुभएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका मगर, थारु, छन्त्याल समुदायको महान् साँस्कृतिक पर्व एवम् नेपालीको महत्वपूर्ण चाड माघेङ्क्रान्ति÷माघी पर्व २०७३ का अवसरमा सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले दिनुभएको शुभकामना सन्देशमा यस्ता पर्वले नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, भाइचार र एकताको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायले मनाउने चाड माघे सङ्क्रान्तिका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले शुभकामना सन्देश दिँदै यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्दै सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघेङ्क्रान्ति÷माघी पर्व २०७३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मगर, थारु र छन्त्याल समुदाय एवम् सम्पूर्ण नेपाल दिदी बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij