२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

नुवाकोटलाई प्रदेशको राजधानी बनाउने प्रयास

नुवाकोटलाई प्रदेशको राजधानी बनाउने प्रयास

काठमाडौं । राजधानी काठमाडौंसँगै रहेको जिल्ला नुवाकोटलाई आर्थिक रूपमा समुन्नत बनाउने प्रयास सुरु भएको छ । धेरै सम्भावना भएर पनि विकासमा पछि परेका नुवाकोट पछिल्लो चरणमा बामे सर्न थालेको छ ।

राजनीतिक शक्तिकेन्द्रमा सधैं हाबी हुने नुवाकोटमा प्रशस्त सम्भावना छन् । जलविद्युत्, कृषि, पर्यटनलगायतका क्षेत्रमा यहाँ ठूलो सम्भावना देखिएको छ । तर, लगानीमैत्री वातावरण नहुँदा विकासमा पछि परेको नुवाकोट पछिल्लो समयमा त्यसबाट उन्मुक्त हुँदै छ ।

रसुवागढी नाका सञ्चालनमा आएपछि नुवाकोटमा लगानीको वातावरण बन्दै गएको हो । रसुवा प्रवेशको मुख्य नाका नुवाकोटमा सबैतिरबाट केन्द्रमा पर्दै गएको छ । आगामी दिनमा प्रदेशको राजधानी बनाउने पहलसमेत यहाँबाट सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij