२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रधानमन्त्री ओलीको भारत भ्रमण आजबाट नयाँ सम्झौता नहुने, पुरानाको कार्यान्वयन मुख्य एजेन्डा

प्रधानमन्त्री ओलीको भारत भ्रमण आजबाट नयाँ सम्झौता नहुने, पुरानाको कार्यान्वयन मुख्य एजेन्डा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार (आज) नयाँ दिल्ली जाँदै छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो विदेश भ्रमणमा निस्कँदै गरेका ओली ५४ सदस्यीय टोली लिएर बिहान ९ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्लीका लागि प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्रीमा निवार्चित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाट हुन लागेको हो । काठमाडौंबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित भ्रमण टोली ५४ सदस्यीय हुनेछ ।

दिल्लीमा उत्रिएलगत्तै उनको महŒवपूर्ण भेटघाट सुरु हुनेछ । शुक्रबार बिहान त्रिभुवन विमानस्थलको नियमित उडानबाट दिल्ली पुगेलगत्तै ओली सोझै भारतीय राष्ट्रपति भवन पुग्नेछन्, जहाँ उनको भारतीय उद्योगी व्यवसायीसँग अन्तक्र्रिया हुनेछ ।

त्यसलगत्तै इन्डिया फाउन्डेसन र भारतीय उद्योग वाणिज्य संघ (फिक्की) का बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

शुक्रबार नै ओलीसँग भारतीय राजनीतिक दलका नेताहरू भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेता, भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठीसहितका नेताले भेट्नेछन् ।

शनिबार राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीसँग वार्ता तय भएको छ । त्यसअघि भारतीय सेनाले ओलीलाई गार्ड आफ अनर दिएपछि ओलीसँग भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वेनकया नायडुसँग भेघाटको कार्यक्रम छ ।

हैदरावाद हाउसमा हुने ओली–मोदीबीच वान टु वान र सामूहिक वार्तापछि संयुक्त पत्रकार सम्मेलन गरेर दुई नेताबीचको सहमति सार्वजनिक हुनेछ । सो अवसरमा दुवै नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तो छ तालिका
शुक्रबार
– बिहान ९:०० बजे दिल्ली प्रस्थान
– इन्दिरा गान्धी विमानस्थलबाट सोझै राष्ट्रपति भवन
– भारतीय उद्योगी व्यवसायीसँग अन्तक्र्रिया
– इन्डिया फाउन्डेसन र फिक्कीका बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन
– भारतीय राजनीतिक दलका नेताहरूसँग भेटघाट
– साँझ नेपाली दूतावासमा भेटघाट र रात्रिभोज
शनिबार
– राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीसँग वार्ता
– भारतीय सेनाले उच्च सैनिक गार्ड आफ अनर दिने
– राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वेनकया नायडुसँग भेट
– महात्मा गान्धीको समाधीस्थलमा द्वीप प्रज्ज्वलन
– हैदरावाद हाउसमा ओली–मोदीबीच वान टु वान वार्ता र सम्झौता
– संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौताबारे जानकारी दिने तथा ओली र मोदीले सम्बोधन गर्ने
– भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने
आइतबार
– उत्तराखण्डस्थित गोविन्दबल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमण
– स्वदेश फिर्ता

त्यसलगत्तै विद्युत् उद्घाटनलगायतका अन्य कार्यक्रममा व्यस्त प्रधानमन्त्री ओलीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको छ ।
शनिबार हुने महŒवपूर्ण भेट र सम्झौतापछि आइतबार उनी हैदरवाद पुग्ने र सोही दिन स्वदेश फर्कने कार्यक्रम छ ।
द्विपक्षीय सम्बन्ध विस्तारका लागि हुने भनिएको भ्रमणमा कुनै पनि नयाँ सन्धि–सम्झौता नहुने प्रधानमन्त्री ओली सचिवालयले जनाएको छ । भारतीय पक्षले भने भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले महŒवपूर्ण सहयोगको घोषणा गर्ने बताएका छन् । तर, कस्तो सहयोग भन्ने विषय भने खुलाइएको छैन ।

कोको जाँदै छन् ?

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल सहभागी हुँदै छन् । सांसदहरू शरतसिंह भण्डारी, दिनानाथ शर्मा, रामेश्वर राय यादव, मोतीलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महत्तो, विमलप्रसाद श्रीवास्तव सहभागी हँदै छन् ।
त्यसैगरी, मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास बैरागी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे, अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी, रेल विभागका महानिर्देशक अनन्त आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. वैद्यनाथ महत्तो पनि छन् । नायक राजेश हमाल र निर्देशक दिनेश डीसी पनि यसपटक कला क्षेत्रको प्रतिनिधित्व गर्दै भ्रमणमा सहभागी छन् । यसबाहेक निजी खर्चमा ढेड दर्जन बढी उद्योगी÷व्यवसायीसहित सञ्चारमाध्यमका प्रतिनिधि सहभागी छन् । नेपाली दूतावास नयाँ दिल्लीबाट कार्यवाहक राजदूत भरतकुमार रेग्मी तथा कृष्णहरि पुस्करलगायत नौ जनाको सहभागिता हुनेछ ।

राष्ट्रपति भवनमा आवास
परराष्ट्र सचिव शंकरदास बैरागीका अनुसार भारत सरकारले विशिष्ट पाहुनाका रूपमा प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा विशेष आतिथ्यता गर्नेछ । राष्ट्रपति भवनमा प्रधानमन्त्री ओलीसहित १६ जनालाई विशेष आतिथ्यताको प्रबन्ध मिलाइएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा विशेष भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वेनकैया नायडु, विदेशमन्त्री सुष्मा स्वराज, अर्थमन्त्री अरुण जेट्ली, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र भारतीय काँग्रेस आईका नेतासँग पनि भेटवार्ता हुनेछ ।

ओली मोदी भेट शनिबार
कार्यक्रमअनुसार शनिबार प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुनेछ । भेटमा महŒवपूर्ण विषयमा द्विपक्षीय सहमति गर्ने कार्यक्रम छ । सोही दिन पत्रकार सम्मेलनमार्फत दुई प्रधानमन्त्रीबीचको सहमति सार्वजनिक हुनेछ । प्रधानमन्त्री ओलीले भारतको उत्तराखण्डको जीबी पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
सो विश्वविद्यालयले प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधी उपाधि दिनेछ । विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले वृक्षरोपण गर्ने कार्यक्रम तय भएको छ ।

अरुण तेस्रो शिलान्यास
भारत भ्रमणको क्रममा प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी मोदीले अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको सो परियोजनाको हैदरावाद हाउसबाट शिलान्यास गर्ने कार्यक्रम छ ।
कुल ९ सय मेगावाट क्षमताको सो आयोजनाको निर्माण सुरु भइसकेको छ । भ्रमणका क्रममा नेपाल र भारतको एकीकृत जाँजपास चौकीको समेत उद्घाटन गर्ने कार्यक्रम छ । वीरगन्जमा निर्माण सम्पन्न भएको उक्त एकीकृत चेकपोस्ट पनि हैदरावाद हाउसबाटै उद्घाटन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij