२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पहिलो टि-ट्वान्टीमा वेष्ट इन्डिजमाथी पाकिस्तानको जित

पहिलो टि-ट्वान्टीमा वेष्ट इन्डिजमाथी पाकिस्तानको जित


कराची । पाकिस्तानले पहिलो टि –ट्वान्टी क्रिकेटमा वेष्ट इन्डिजलाई पराजित गरेको छ । कराचीमा आइतबार राति भएको पहिलो खेलमा पाकिस्तानले वेष्ट इन्डिजलाई १४३ रनको फराकिलो अन्तरले हराएको हो ।

नेसनल स्टेडियम कराचीमा पाकिस्तानले दिएको २०४ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले १३ ओभर ४ बलमा अलआउट हुँदै ६० रन मात्र जोड्न सक्यो । वेष्ट इन्डिजका मार्लोन स्यामुएल्सले १८, रायद एम्रिटले ११ तथा किमो पाउलले अविजित १० रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान दोहोरो रन जोड्न सकेनन् । वेष्ट इन्डिजलाई सस्तैमा समेट्न पाकिस्तानका सोएब मल्लिक,मोहमद अमीर र मोहमद नवाजले समान २ –२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले पुरै २० ओभरमा ५ विकेट गुमाएर २०३ रन बनाएको थियो । पाकिस्तानको उच्च स्कोरमा हुसेन टलटले ४१ तथा फखर जमानले ३९ रन जोडे । त्यस्तै कप्तान सरफ्राज अहमेदले ३८ रन जोड्दा सोएब मल्लिकले अविजित ३७ रन बनाए । वेष्ट इन्डिजका रायद एम्रिट, रोभम्यान पावेल र किमो पाउलले समान एक एक विकेट लिए ।

यो जितसँगै पाकिस्तानले भ्रमणकारी टोली वेष्ट इन्डिजविरुद्धको तीन खेलको सिरिजमा १ –० ले अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो टि –ट्वान्टी सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij