२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

ईयूलाई प्रधानमन्त्रीको चेतावनी, सार्वभौमसत्ताको अवमूल्यन नगर

ईयूलाई प्रधानमन्त्रीको चेतावनी, सार्वभौमसत्ताको अवमूल्यन नगर


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौमसत्ताको अवमूल्यन नगर्न युरोपियन यूनियन (ईयू)लाई चेतावनी दिएका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आज आयोजना गरेको पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले ईयूको सुझावले नेपालको सार्वभौमसत्ता र अहिलेसम्मको राजनीतिक उपलब्धीको अवमूल्यन गरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानको भावना र मर्मलाई होच्याउने गरी सार्वजनिक गरिएको ईयूको सुझाव सच्याउन आग्रह पनि गरेका छन् ।

केहीदिन अघि ईयूको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij