२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

दश दिनभित्र चुनावको मिति घोषणा हुन्छ : खनाल

दश दिनभित्र चुनावको मिति घोषणा हुन्छ : खनाल

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल ‘बलदेव’ले आगामी जेठको दोस्रो हप्ताभित्रै चुनाव गर्नेगरि सरकारले दश दिनभित्र चुनावको मिति घोषणा गर्ने खुलासा गरेका छन् ।
बिहीबार रिपोटर्सर्स क्लब नेपालले गरेको साक्षात्कारमा प्रधानमन्त्रीका सल्लाहकार खनालले आजको दश दिनभित्र चुनावको मिति घोषणा हुने बताएका हुन् । खनालले चुनावको मिति घोषणा भएपछि संशोधन विद्येयक पारित गर्दै राजनीतिक जटिलता फुकाउने पनि बताए ।
सल्लाहाकार खनालले भने,
–सरकारले दश दिनभित्र चुनावको मिति तोक्छ ।
–सरकार संशोधन विद्येयक पारित गराएर मात्रै चुनावी प्रक्रियामा जान्छ ।
–जेठको पहिलो हप्ताभित्रै चुनाव गर्ने सरकारको तयारी छ ।
–जेठसम्म स्थानीय तहको चुनाव भए मंसिरसम्म दुई वटा निकायको चुनाव एकचौटि गर्न सकिन्छ ।
–स्थानीय पुनसंरचना प्रतिवेदनलाई लिएर झिनामसिना मतभेद भएपनि त्यसलाई दलीय सहमतिमा टुँगो लगाएर नयाँ पूर्नसंरचनासहित चुनावमा जानुपर्छ ।
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुविर महासेठले सरकारले संविधान संशोधन विद्येयकको नाममा चुनाव नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए ।
महासेठले प्रश्न गरे,
–सरकार कहाँ छ, नेपालमा कि बाहिर छ ?
–प्रचण्डजी हाम्रो प्रधानमन्त्री हो कि वा कसैको ?
–मधेशी मोर्चालाई विश्वासमा लिनुपर्ने कुरामा दुई मत छैन, तर मोर्चामा एकरुपता छैन । –यो अपवित्र गठबन्धनको सरकार हो ।
–प्रधानमन्त्री चुनाव गराउने पक्षमा हुनुहुन्न, देउवाजीलाई हतार छ, तर प्रचण्डजी सत्ता लम्ब्याउने पक्षमा हुनुहुन्छ ।
– निर्वाचनलाई संशोधन विद्येयकसँग जोड्न हुदैन । संशोधन विद्येयक फिर्ता गरौं, निर्वाचनको मिति घोषणा गरौं र अघि बढौं, यही नै अहिलेको उत्तम विकल्प हो ।
–सांसद किनेबेच गरेर विद्येयक पारित गर्न खोजेको हो भने हाम्रो भन्नु केही छैन, तर एमाले अन्तिसम्म पनि देश र जनताको पक्षमा उभिन्छ ।
सत्तारुढ दल नेपाली काँग्रेसका नेता तथा सांसद मिन विश्वकर्माले पनि माघको पहिलो हप्ताभित्र निर्वाचनको मिति घोषणा हुने बताए । उनले जेठमा स्थानीय तहको निर्वाचन सम्पन्न भए मंसिरसम्म दुईवटा निर्वाचन गर्न सकिने विश्वास पनि व्यक्त गरे ।
मधेशी मोर्चाका नेता अनिल झाले चुनावमा जाने कुरालाई मोर्चाले विरोध नगर्ने स्पष्ट पारे । उनले भने,‘हामी चुनावको विरोधी होईनौं, संशोधन विद्येयक सदनमा टेबुल भएको छ, चुनाव चाहानेले त्यसलाई पारित गराउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij