२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

ओमानमा समस्यामा परेका ११ जना नेपालीको उद्दार

ओमानमा समस्यामा परेका ११ जना नेपालीको उद्दार


काठमाडौं । ओमानस्थित नेपाली दूतावासले समस्यामा परेका ११ जना नेपालीलाई उद्दार गरी नेपाल फर्काएको छ ।

ओमानको सोहारस्थित मुआर्ड वाडी हिवी मोर्डन ट्रेड (एएसटिडी) कम्पनीमा सम्झौता अनुसारको सुविधा नपाएका ११ जना पीडितलाई मंगलबार नेपाल फर्काएको हो ।
उनीहरुलाई कम्पनीभन्दा १६५ किलोमिटर टाढा अलपत्र अवस्थामा राखिएको ठाउँबाट दूतावासको टोलिले उद्दार गरेको हो ।

पीडितको उजुरीको आधारमा दूतावासले स्थलगत अध्ययन गरी समस्याको समाधान गर्न कम्पनीसँग छलफल गर्दा समेत समाधान नभएपछि ओमानको स्थानीय निकायसँग समन्वय गरेर उनीहरुलाई नेपाल फर्काएको दूतावासले जनाएको छ ।

यो कम्पनीमा समस्यामा परेका २० जना नेपालीलाई दूतावासले उद्दार गरेको थियो । २० जना मध्ये ११ जनालाई नेपाल फर्काए पनि बाँकी ९ जना पीडितको समस्या समाधान र स्वदेश फिर्तीका लागि प्रयास गरिरहेको दूतावासले जनाएको छ । उनीहरु अनेस्टी ओभरसिस् प्रलिबाट स्काफोल्डिङको काममा ओमान गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij