२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

संघीय संसदको पहिलो बैठक सम्पन्न, राष्ट्रपति अनुपस्थित

संघीय संसदको पहिलो बैठक सम्पन्न, राष्ट्रपति अनुपस्थित


काठमाडौं । संघीय संसद्को पहिलो बैठक संसद् भवन नयाँ बानेश्वरमा बसेको छ । निर्वाचन सम्पन्न भएको तीन महिनापछि आज अपराह्न ४ बजे दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको हो । गत मंसिर १० र २१ गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन भएको थियो भने राष्ट्रियसभाको निर्वाचन माघ २४ मा भएको थियो ।

संघीय संसद्को पहिलो बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने प्रावधान भए पनि संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र जेष्ठ सदस्य महन्थ ठाकुरले वाचन गरेर सुनाएका थिए ।

संघीय संसद्का ३३४ मध्ये ३२६ जनाले आइतबार पद तथा गोपनियताको शपथ लिएका थिए । प्रतिनिधिसभाका २७५ मध्ये २७१ र राष्ट्रियसभाका ५५ सांसद्ले शपथ ग्रहण गरेका थिए । प्रतिनिधिसभाको आजको बैठकले सञ्चालन कार्यविधि पारित गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij