२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विप्लवलाई पक्राउ गर्न वारेन्ट जारी

विप्लवलाई पक्राउ गर्न वारेन्ट जारी

काठमाडौं । पछिल्लो समय देशव्यापी रुपमा आक्रामक ढंगले विभिन्न गतिविधि गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ । कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले गत माघ ५ गतेको मितिमा कपिलवस्तुकै चन्द्रौटास्थित वडा प्रहरी कार्यालयलाई पत्र लेख्दै पत्र पाएको सात दिनभित्र विप्लवलाई पक्राउ गरी जिल्ला कार्यालयमा बुझाउन आदेश दिएको छ । रोल्पा इरिवाङमा जन्मिएका विप्लवको हालको ठेगाना कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ कपिलवस्तु रहेकोले चन्द्रौटा प्रहरी कार्यालयलाई पक्राउका लागि पुर्जी पठाइएको खुलासा भएको छ ।

त्यसो त विप्लवमाथि सातदिने वारेन्ट जारी भएको करिव डेढ महिना बितिसकेको छ, तर सात दिनभित्र पक्राउ गर्न नसके पनि निरन्तर खोजी कार्य जारी राख्न प्रहरीलाई निर्देशन दिइएको छ । कपिलवस्तुले काटेको वारेन्ट भोजपुर जिल्ला अदालतलाई पनि बोधार्थ दिइएको छ । किनकि, २०७४ पुस ९ गते भोजपुर जिल्ला अदालतले गरेको लिखित आग्रहका आधारमा कपिलवस्तुले विप्लवलाई वारेन्ट जारी गरेको हो ।

हेर्नुहोस् विप्लवलाई पक्राउ गर्न जारी गरिएको वारेन्ट जस्ताको तस्तै:

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij