२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

मन्त्रिपरिषद् विस्तार, युवराज खतिवडा बने अर्थमन्त्री

मन्त्रिपरिषद् विस्तार, युवराज खतिवडा बने अर्थमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चारजना मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

आज एमालेको तर्फबाट ईश्वर पोखरेल रक्षा र पूर्व गर्भनर समेत रहेका डा. युवराज खतिवडा अर्थ तथा योजना मन्त्रीमा नियुक्त भएका छन् ।

त्यस्तै नेकपा माओवादीको तर्फबाट रामबहादुर थापा गृहमन्त्री र मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका छन् ।

रक्षामन्त्री बनेका पोखरेल मन्त्रिमण्डलमा प्रधानमन्त्रीपछि दोस्रो वरियतामा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij