२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, काे-काे हुँदैछन मन्त्री ?

आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, काे-काे हुँदैछन मन्त्री ?


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन । प्रधानमन्त्रीमा नियुक्त भएको १० दिनपछि आज ओलीले दोस्रो चरणको सरकार विस्तारको तयारी गरेका हुन ।

ओली आफू प्रधानमन्त्री भएकै दिन एमालेबाट लालबाबु पण्डित र थममाया थापामगरलाई मन्त्रीमा नियुक्त गरेका थिए । प्रधानमन्त्री ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा लागे पनि दुवै पार्टीले अहिलेसम्म मन्त्री छनोट गर्न सकेका छैनन् ।

मन्त्रीका आकांक्षी धेरै देखिएपछि दुवै पार्टीले संयुक्त बैठक बोलाएका छन् । मन्त्रीहरुको टुंगो लगाएपछि आजै दिउँसो ३ बजे शपथ गराइने एमालेका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij