
धनकुटा । सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर तोकेपछि आन्दोलित धनकुटाको स्थिति तनावग्रस्त बनेपछि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि बिहान साढे ११ बजेबाट अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यालय धनकु्टाका प्रहरीले जानकारी दिए ।
‘अहिले अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ,’ प्रहरीले भने, ‘बेलुका सीडीयोसापको नेतृत्वमा सुरक्षा समितिको बैठक बसी परिस्थिति हेरेर थप निर्णय गर्छौँ ।’
प्रदशर्नकारीले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी, विभिन्न सरकारी कार्यालय र एम्बुलेन्समा समेत तोडफोड भएपछि कर्फ्यू लगाउनुपरेको उनको भनाइ छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड अश्रुग्याससमेत प्रहार गरेको जानकारी दिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij