२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

रनवेबाट चिप्लिएर समुद्र किनारमा यसरी पुग्यो विमान

रनवेबाट चिप्लिएर समुद्र किनारमा यसरी पुग्यो विमान


टर्की । टर्कीमा एक विमान रनवेबाट चिप्लिएर समुद्र किनारमा पुगेको छ ।

पेगासस एयरलाइन्सको बोइङ्ग ७३७–८०० मा १६८ यात्री र विमान कर्मचारी थिए । अंकाराबाट आएको सो विमान ‘ब्ल्याक सी’ को तटमा रहेको ट्र्याबजोनमा अवतरण गर्दै थियो ।

रनवेमा पुग्नासाथ विमान चिप्लिएर समुद्र किनारको भीरमा पुगेको थियो । अगाडीको भाग समुद्रतिर खसेको भए पनि विमान भीर नै अडिएको थियो ।

विमानमा रहेका सबै यात्रु सकुशल रहेको र उनीहरुलाई उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij