
पेरु । दक्षिण अमेरिकी मुलुक पेरुको दक्षिण पश्चिमी तटीय क्षेत्रमा ७.१ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पका कारण एक जनाको मृत्यु भएको छ भने ६५ जना घाईते भएका छन् । धेरै भवनहरु ध्वस्त भएका छन् ।
स्थानीय समयअनुसार बिहान ४:१८ मा जमिन मुनी ३६ किलोमिटर गहिराईबाट गएको भूकम्पको केन्द्र प्रशान्त महासागरमा रहेको अमेरिकी जियोलोजिक सर्भेले जनाएको छ । भूकम्पबाट एरेक्यूपा, इका, आयुचुचो लगायतका ग्रामिण क्षेत्र बढी प्रभावित भएका छन् ।
राजमार्गहरु भत्केकाले उद्धार र राहतमा प्रभाव परेको अधिकारीहरुले जनाएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij