२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

डा. केसीले अनशन कायमै राख्ने

डा. केसीले अनशन कायमै राख्ने


काठमाडौं । प्राध्यापक डा गोविन्द केसीले चार दिनदेखि जारी आफ्नो अनशन कायमै राख्ने भएका छन् ।

आज, एक विज्ञप्ति जारी गर्दै डा केसीले २६ पुसमा सर्वोच्च अदालतको आदेशबाट ‘प्रधानन्यायाधीशलाई न्याययिक छानविनको दायारामा राखेकोमा’ उक्त आदेशको प्रशंसा गरेका छन् ।

आफूले प्रधानन्यायाधीशको राजीनामा मागेकोमा ‘न्यायालयभित्रकै न्यायिक प्रक्रियाले त्यो मागलाई पुष्टि गरेको’ उनले बताएका छन् ।

त्यसबाहेक आफ्ना मागका बाँकी बुँदाहरु सम्बोधन नभएकाले अनशन जारी रहने डा केसीले बताएका छन् ।

हिजो सर्वोच्च अदालतबाट तारेखमा रिहा गरिएपछि डा केसीले आजबाट अनशन तोड्न सक्ने अनुमान गरिएको थियो ।

डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा, चिकित्सा शिक्षा आयोग गठन लगायतका माग राख्दै २४ पुसदेखि १४ औं पटकको अनशन शुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij